मधेश प्रदेश : चार बर्षमा एकथान नाम बाहेक उपलब्धि शुन्य, सरकारको चार वर्षे विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । मधेश प्रदेशले गएको चार बर्षमा प्रदेशको एक थान नाम र राजधानी टुंग्याउने बाहेक थप उपलब्धि गरेको छैन । तर पनि मधेश प्रदेश सरकारले चार बर्षको महत्वपूर्ण उपलब्धि यसैलाई मानेको छ ।

मंगलवार सरकारको चार बर्षे उपलब्धि सार्वजनिक गर्दै मधेश प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्नु सबैभन्दा ठूलो उपलब्धि रहेको जानकारी गराएको छ ।

यस्तै सरकारले भारतका केही राजनीतिक व्यक्ति र मुख्यमन्त्रीसँग गरेको भेटघाटलाई पनि महत्वपूर्ण उपलब्धि भएको भन्दै खुबी रहेको उल्लेख गरेको छ । 

निरन्तरका विकास निर्माणका काम बाहेक अरु थप नीति तथा कार्यक्रमहरु संचालन गर्न नसकेको प्रदेश सरकारले चार बर्षे विवरण भन्दै उपलब्धि सार्वजनिक गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.