सडकमा संसदीय मर्यादा सिकाउँदै युवा संघ, 'हत्यारा सभामुख राजिनामा दे' (भिडियोसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकार र संसदविरुद्ध आन्दोलन जारी राख्दै आएको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडा, भौतीक पूर्वाधार मन्त्री रेणु यादव, सभामुख अग्निप्रसाद सापकोटासहितको राजिनामा माग गर्दै युवा संघले निरन्तर नयाँ तरिकाले सडक तताईरहेको छ ।

मंगलवार पनि संघले फरक ढंगले आन्दोलन जारी राखेको छ । सभामुख सापकोटाले संसदीय मर्यादा कायम नगरेको भन्दै सडकमै संसदको व्यङ्ग्य रोष्टम बनाएर युवा संघले प्रदर्शन गरेको छ ।

सत्तापक्षर प्रतिपक्षबीच संसद कसरी चलिरहेको छ भनेर युवा संघले सडकमा व्यङ्ग्य संसद नै संचालन गरेको छ । सडकमा बनाएको संसदमा समेत एमालेले अवरुद्ध गरेको दृश्य युवा संघले देखाएको छ ।

सत्ता गठबन्धनको राष्ट्रघाती षड्यन्त्रको भण्डाफोर गर्न सडक आन्दालेन निरन्तर जारी राखेको प्रचार विभागका प्रमूख महाराज गुरुङले जानकारी दिएका छन् ।

सडकमा बनाएको व्यङ्ग्य रोष्टममा बसेर युवा संघका अध्यक्ष किरण पौडेल लगायतका प्रतिनिधिहरुले सभामुख सापकोटाले संसदीय मर्यादा पालना नगरेको भन्दै राजिनामा माग गरेका छन् ।

संघले सभामुख सापकोटाको राजिनामासँगै गैर सांसदलाई संसदमा प्रवेश बन्द गर, गठबन्धनको राष्ट्रघाती निर्णय मुर्दावाद, पार्टी फुटाउन प्रयोग हुने गठबन्धन र सभामुख मुर्दावादलगायतका नारा लगाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.