एजेन्सी
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर दुई करोड भारतिय जनताले कोभिडको खोप लगाएका छन् । मोदीको ७१औं जन्मदिनको अवसरमा एकै दिन दुई करोडलाई खोप लगाइएको हो । यो अहिलेसम्मकै धेरै परिमाणको खोप हो । यसअघि २७ अगस्टमा एकै दिन एक करोड ३० लाख भारतीय जनतालाई खोप लगाइएको थियो ।
भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पूरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ ।
तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ५९ करोड भन्दाबढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत जनवरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् ।