आज एमसीसी संसदमा  टेबल नहुने

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको छ  । 

बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।
 यस अघि बसेको माओवादीको  संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको थियो भने त्यस्तै एमसीसी टेबल गरे विपक्षमा मतदान गर्ने नेकपा एसले पनि निर्णय गरेको थियो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.