शंकास्पद व्यक्ति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि 

एजेन्सी । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जवरजस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जवरजस्ती पस्न खोजेका हुन् । 

जवरजस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । उनलाई दिल्ली प्रहरीको विशेष सेलले अनुसन्धान गरिरहेको छ । उनले भाडामा लिएको कार चलाएको प्रहरीले जनाएको छ । 

आफूभित्र कसैले चिप जडान गरेको र नियन्त्रण गर्ने प्रयास गरिरहेको अनुसन्धानका क्रममा उनले प्रहरीलाई बताएका छन् । 

उनको दाबी झुट भएको प्रहरीले पत्ता लगाएको छ र उनी मानसिक रुपमा विक्षिप्त भएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनी मानसिक रुपमा विचलित भएको देखिन्छन्,’ दिल्ली प्रहरीले भनेको छ ।
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.