काठमाडौं । पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पिसिआर परीक्षण गर्दा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
त्यसैगरी, मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभर २४ हजार ३१३ संक्रमति रहेका छन् ।