काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्बन्धमा रहेका भ्रमबारे स्पष्टीकरण दिने प्रयास गरेका छन् । सत्तारुढ दल भित्र नै असहमति भइरहेको बेला उनले स्पष्टीकरण दिएका हुन् ।
सम्झौताको कुनै पनि प्रावधानले नेपालको सार्वभौमिकतालाई असर गर्ने नदेखिएको सरकारको सो स्पष्टीकरणमा छ ।







