प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदिप अजनवी

नुवाकोट । प्रेस चौतारी नुवाकोटको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

नेकपा एमाले केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज बिन्दा ढुंगाना प्रमुख अतिथी रहेको चौतारीको कार्यक्रममा केन्द्रीय उपमहासचिव हिरामान लामा र एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली बिशेष अतिथी थिए ।  

एमाले जिल्ला एवं प्रदेश सांसद बद्री मैनालीले शुभकामना ब्यक्त गर्दै प्रेस जगत स्वतन्त्र हुनुपर्ने बताएका छन् । समाचार सम्प्रेषणमा स्वतन्त्रता कायम गरी आफ्नो बिचारलाई पनि समाचरको माध्यमबाट प्रस्तुत गर्नु पर्नेमा मैनालीले जोड दिए ।  

यस्तै चौतारीका उपमहासचिव हिरामान लामाले चौतारी पत्रकारहरुको सस्थामा ठुलो संगठन भएको बताउँदै आफ्ना सदस्यहरुलाई ब्यबसायिक बनाउन चौतारीले भूमिका खेल्न निर्देशन दिए । आगामी दिनमा महासंघमा अब्बल भुमिका खेल्ने गरी चौतारीयनहरु एकवद्व हुनुपर्ने उनले बताए । 

छैठौं अधिबेशनले नवदिप अजनवीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा  श्रीराम अधिकारी, महिला उपाध्यक्ष शुशिला लामिछाने, सचिव सुनिल श्रेष्ठ, सहसचिव पुजा तामाङ र कृष्ण अधिकारी  कोषाध्यक्षमा केदार ढकाल निर्वाचित भएका छन् ।  यस्तै सदस्यहरुमा कृष्ण ढुङ्गाना, किशोर ओली, लोकबहादुर पुडासैनी, संगीता लामिछाने रहेका छन् । 

 
यस्तै अधिबेशनले अनुज कुमार श्रेष्ठ र भैरवी ढुंगानालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । यस्तै बागमती प्रदेशको पहिलो अधिबेशनको लागि पुरुषोत्तम रिजाल केदार ढकाल र सुशिला लामिछने चयन भएका छन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.