गठबन्धन टुट्दै, ओली देउवा जुट्दै 

काठमाडौं । पाँच दलिय गठबन्धन टुट्को संघारमा पुगेको छ । जस्को संज्ञा  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्ष केपी ओलीलाई  भेट्न मिनेन्द्र रिजाल पठाउनुले दिएको छ । 

ओलीसँगको भेटमा नेता रिजालले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोगका लागि अनुरोध गरेका थिए । ओलीले भने गठबन्धनको प्रष्ट धारणा आइनसकेकाले एमालेले कुनै निर्णय नदिने बताएका थिए । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन यथावत रहने अवस्थामा एमालेले सहयोग गर्न नसक्ने स्पष्ट पारेका थिए ।

सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति जुटाउन सकस परेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेको  देखिन्छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि साथ नदिए गठबन्धन तोडेरै पनि एमसीसी संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाको तयारी छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले वैकल्पिक गठबन्धनका लागि पहल थालेका हुन् । 

विहीबार विहानको भेटमै प्रधानमन्त्री देउवाले एमसीसीमा समर्थन दिन नसक्ने भए सरकार छाड्न माओवादी अध्यक्ष प्रचण्डलाई भनिसकेका छन् । देउवासँगको भेटपछि प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् ।

आज ५ बजेको बैठकमा सहमति भएन भने  एमाले र कांग्रेसको मिलन निश्चित जस्तै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.