धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं ।  रमेश हमाल नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । 

आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । 

यसअघि बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।

समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो । अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.