पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली भेट्न बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । गठबन्धनको बैठकलगत्तै पत्नी आरजुलाई लिएर देउवा ओली भेट्न पुगेका हुन् ।

एमसीसी पास गर्नैपर्ने बाध्यता देउवालाई  छ ।  सत्ता गठबन्धनकै दलहरु त्यसमा सहमत  छैनन् । बिहीवार बसेको गठबन्धनको बैठकमा समेत सहमति जुट्न सकेन ।  

त्यस लगतै एमसीसी र राजनीतिक अवस्था बारे छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् ।

नेता ओलीले एमसीसीमा साथ दिए देउवा गठबन्धन छोडेर संसद भंग  गर्दै अर्ली इलेक्शनमा जाने मनशायमा समेत रहेको बुझिएको छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.