थपिए ४३७ जना नयाँ कोरोना संक्रमित 

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ४३७  जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् । 

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

सो अवधिमा २ हजार ४५४  जना कोरोना संक्रमित निको भएका छन् ।

 हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.