काठमाडाैँ । यो साता सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा २५ सय बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । यो साता पहिलो कारोबार दिन आइतबारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो ।
यो साता चाँदीको मूल्य पनि बढेको छ । गत सातको शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार १३ सय ५ रुपैयाँ कायम रहेको छ ।