एमसीसी टेबल गर्न दिने नदिने कुनै निर्णय गरेका छैनौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी गरेका छन् ।   एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको उनले बताए । 

 समाजवादीका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताएका थिए । तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै खण्डन गरे ।

 उनले पार्टीका कुन कुन नेताले कसरी बुझे त्यो आफूलाई थाहा नभएको सत्तामा भएकाहरूले कुर्सी जोगाउन टेबल गर्न दिने भनेर बोलेकोमा आपत्ति समेत जनाए । 


यसअघि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सम्झौता संसद्मा छलफल गर्नका लागि पार्टीले टेबल गर्न दिने निर्णय गरेको बताएकी थिइन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.