काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि एमाले आन्तरिक छलफलमा जुटेको हो ।
एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको थियो ।
बैठकमा अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत छन् ।