थप ३८८ जनामा काराेना संक्रमण पुष्टि

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर  ३८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । सोही अवधिमा थप ४ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा देशभर १२०५ जना संक्रमणमुक्त भएका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.