दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले बढेको छ । साताको दोस्रो दिनको कारोबारमा नेप्से १७.४२ अंकले बढेको हो ।

यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो ।  त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.३६ अंक अर्थात ०.८४ प्रतिशतले बढेर ५२३.१५ अंकमा उक्लिएको छ ।

मंगलबार ३ अर्ब २१ करोड बढीकाे सेयर करोबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.