काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको दुई महिना ६ दिन पुरा भएको छ । विशेष परिस्थितिमा गठबन्धन सरकारको नेतृत्व समालेका शेर बहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सिमा बसेर काम गर्न भने त्यति सहज छैन । देशमा भइरहेको विशेष परिस्थितिमा प्रधानमन्त्री बनेका देउवालाई दुई महिना अर्थात साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्ने समय पर्याप्त नभएपनि मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने स्वयम प्रधानमन्त्री देउवाको काँधमा आइपरेको छ ।
अर्कातर्फ मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिएको समयमा नयाँ सरकार निर्माण भएकाले देउवा नेतृत्वको सरकारलाई काम गर्न भने त्यति सजिलो छैन । पुस पाँच गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरेपछि उत्पन्न भएको विशेष समयमा पाँच दलीय गठबन्धनको सहयोगमा शेर बहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा बनेका थिए ।
देश कोभिड कहरको मारमा परेको अवस्थामा प्रधानमन्त्री भएका देउवाले त्यसलगतै प्राकृतिक विपद् बाढी, पहिरो, डुबानको क्षति सामना गर्नुपर्यो । उक्त समयमा कोभिड रोकथाम तथा नगारिकको उद्धारका लागि पनि प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले दुई महिनामा सुधारोन्मुख काम गरेको देखिन्छ । सरकारले तत्काल मन्त्रीमण्डलको बिस्तार गर्न नसकेपनि सरकारको तर्फबाट गर्न सकिने कामहरु सुधारात्मक ढंगबाट अघि बढेको छ ।
गठबन्धनकै सरकार भएपनि जनताको जनचाहना र राष्ट्रको हित अनुकुलमा रहेर काम गरिरहेको देखिन्छ । कोभिड महामारीबाट थलिएको मुलुको अर्थतन्त्रलाई सुधार गर्दै जनताको दैनिक जीवनयापनलाई प्रमुख दायित्वमा राख्नु वर्तमान सरकारको मुख्य जिम्मेवारी हो । नयाँ सरकार निर्माण पछि नेपाली जनताले सरकारसंग धेरै कुराको अपेक्षा गरेका छन् ।
तर सरकारले जनताले चाहेको जस्तो सवै कामहरु एकैचोटि गर्न नसकेपनि केहि अपेक्षा गर्न सकिने मार्गहरु भने प्रस्तुत गरेको छ । राम्रा कामकै बीचमा सरकारले आलोचना खेप्नुपर्ने धेरै कामहरु समेत गरेका छन् । बालुवातारबाटै सरकार संचालन, १७ मन्त्रालय आफैसँग राख्ने, सरकार बेखर्ची, संसदमा प्रतिपक्षीसँगको द्धन्द्ध, १५ अध्यादेश निश्क्रिय, कोभिड अस्पताल, खोप खरिद, तेजाब तथा यौन हिंसाका पीडकलाई सख्त कारवाही गर्ने र पीडितलाई राहत दिने अध्यादेश समेत देउवा सरकारले निश्क्रिय बनाएको छ ।
यस्तै भारतीय फोर्सले नेपाली नागरिकलाई तुइन काटेर महाकालीमा बेपत्ता पारेको तथा नपाली भूभागमा भारतीय हेलिकप्टर उडाइएको विषयमा समेत देउवा सरकार चुकेको छ । यस्तै यो सरकाले एमसिसिको वारेमा समेत स्पष्ट खाका दिन नसक्दा आलोचनात्मक हुनु परेको छ । यी कामहरुमा देउवा सरकार चुकेका छन् ।
यसैबीचमा देउवा सरकारका दुई महिनामा भएका केही५ कामहरु हेर्दा आशालाग्दा मान्न सकिन्छ । कोरोना महामारी नियन्त्रलाई उच्च प्राथामिकता, खोप केन्द्रको सहि व्यवस्थापन, एकै दिनमा तिन लाख नागरिकलाई खोप वितरण, १८ वर्ष मुनिका बालबालिकालाई दिइने ४० लाख मोर्डना खोपको टुङ्गो, स्वास्थ्य क्षेत्रका कर्मचारी, सेना, प्रहरीको तलबमा वृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुुरीका बिरामीलाई मासिक पाँच हजार भत्ताको व्यवस्था, अति विपन्न घरपरिवारलाई दश हजारका दरले राहत, राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विधार्थी र महिला लक्षित कार्यक्रमलगायतका दुई महिने देउवा सरकारले गरेका कामहरु हुन् ।