माओवादी कार्यकताद्धारा संसद भवन अगाडी नारा जुलुस र प्रदर्शन, प्रचण्डलाई सरकार छोड्न चेतावनी (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले शुक्रवार बोलाएको संसद बैठक स्थगित गर्न अन्तिम रिक्वेस्ट गरेको छ । प्रचण्डले अन्तिम पटक छलफल चलिरहेको भन्दै एक दिनलाई बैठक स्थगित गर्न माग गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग छलफल गर्न थप समय आवश्यक भएको भन्दै बैठक स्थगित गरेको छ ।

एमसीसीको विषयलाई लिएर माओवादीका कार्यकर्ताहरुले संसद भवन बाहिर नाराबाजी शुरु गरेको छ । 'दलाल सांसद मुर्दावाद' भन्दै नाराबाजी गरेको कार्यकताले आफ्नै पार्टीको नेतालाई समेत दलालको संज्ञा दिएका छन् । 'यस्तो सरकार चाँहिदैन, दलाल सांसद राजिनामा दे' लगायतका नारा लगाएका वाईएिलका कार्यकताहरुले गरि गरि 'आदेश देऊ प्रचण्ड, सांसद भवन घेर्न तयार छौं' लगायतका नारा लगाएको छ ।

प्रचण्ड अन्तिम समयमा शंसोधनसहित एमसीसी पास गरेर भएपनि गठबन्धन जोगाएर सरकारमा रहने संभावनाको खोजी गर्दैछन् । यता कार्यकतालाई भने एमसीसीकोविरुद्धमा नाराबाजी गर्न सडकमा पठाएका छन् । सरकामा पनि रहने र सरकारविरुद्ध आन्दोलन पनि गर्ने माओवादीको दोहोरो चरित्र भएको कांग्रेस नेताहरुले आरोप लगाएको छ ।

कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादीसँग नैतिकता नभएको बताएका छन् । नैतिकता भए आफ्नै सरकारविरुद्ध नाराबाजी गर्न कार्यकतालाई सडकमा पठाउने थिएन । एकातिर सरकारमा सहभागी भइरहने अर्कोतरि सरकारविरुद्ध प्रदर्शन गर्ने नियत राखेको मोआवादीले एमसीसीको विरुद्ध रहने भए तत्काल सरकार छोड्नु पर्ने थापाले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.