‘वान बाइ वान’ हैन एकैचोटी पाँचै दलसँग चुनाव लड्ने ओलीको दावी

पोखरा । पाखेरामाआयोजित भेलालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एकैचोटी पाँच दलसँग एमालेले चुनाव लड्ने दावी गरेकाछन् ।

सत्तारुढ गठबन्धनलाई इंगित गर्दै अध्यक्ष ओलीले वाईन बाई वान हैन हामी पाँचै दलसँग एकैचोटी चुनाव लड्न चाहेको भन्दै गठबन्धनलाई चूनौती दिए ।

पोडियममा बोल्ने क्रममा गण्डकीका उपसचिव रश्मी आचार्यले गठबन्धनले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउनेसमाचार आएको भन्दै त्यतातिर रिस पोख्दै अध्यक्ष ओलीले एमसीसीको सम्झौता चाहेकोहरुले कार्यकर्तालाई सडकमा पठाएर आफुलाई ढुंगा हान्न लगाएको आरोप लगाए । 

 ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं,’ ओलीले भने, ‘वान बाइ वानवाला होइन, ५ दललाई एकमुस्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’ वैशाख ३० गते एक झड्कामा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरि पछार्ने दाबी गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.