काठमाडौं । चलचित्र क्षेत्रको हास्य कलाकार दिनेश काफ्ले आज विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी नर्बदा थापासँग लगनगाँठो कसेका छन् । दिनेशले नर्बदासँग मागी विवाह गरेको बताएका छन् । उनीहरुको विवाह सामान्या तरिकाले सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं–४ मा आयोजना भएका छन् । विवाहमा दुलहा तथा दुलही तर्फका सिमित व्यक्तिहरुको मात्र सहभागितामा सम्पन्न भएका छन् ।
सिन्धुली कनपा–८ भिमान निवासी दिनेशले आफनै घरबाट विवाह गरेका हुन् । पार्टी प्यालेसमा धेरै खर्च गरेर विवाह गर्नुभन्दा त्यो पैसा सिन्धुलीमा बन्दै गरेको कला घरलाई सहयोग गर्ने उदेश्यले साधारण विवाह गरेको दिनेशले बताएका छन् ।
‘विवाह केही पछाडि गर्ने योजना रहेको थियो’ दिनेशले भने ‘ अपर्झट विवाह भएकोले धेरैलाई पनि समेट्न सकिएन ।’ दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका छन् ।