काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबिच भएको छलफल सकरात्मक रहेको बालुवाटार स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका नेताहरु बालुवाटारमा छलफल गरिरहेको बेला उक्त बैठकमा प्रचण्ड र अर्थमन्त्री जनादर्न शर्मा मिसिएका थिए ।
छलफलमा एमसीसीको विषय पनि टुंगो लगाउने र गठबन्धन पनि जोगाउनेगरि मध्यमार्गी बाटो खोज्ने सहमतिका साथ छलफल सकरात्मक भएको बताएको छ ।
शंसोधनसहित एमसीसी पास पनि गर्ने र गठबन्धन पनि जोगाउने गरि छलफलमा विषय प्रवेश भएको बताइएको छ ।