विगतकै सरकारले ल्याएका महत्त्वपूर्ण विधेयकहरुलाई रोक्ने काम भयो: कानुनमन्त्री कार्की

 

काठमाडौँ। कानून , न्याय तथा संसदीय मामिलामन्त्री ज्ञोन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी ढंगबाट चलाउन सत्ता पक्ष र विपक्षको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसंग बोल्दै उनले सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको बताए । मन्त्री कार्कीले एमाले जस्तो अनुभवी पार्टीबाट समेत सरकारले जिम्मेवार भूमिकाको अपेक्षा राखेको बताए ।

उनले आफू संसदीय मामिला मन्त्री पनि भएको हुनाले  संसद चलाउनका लागि प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको बताए। उनले आजैको संसद् बैठक चल्ने आशा राखेको भए पनि त्यसो नभएको बताए।

मन्त्री कार्कीले विगतकै सरकारले ल्याएका महत्त्वपूर्ण विधेयकहरुलाई रोक्ने काम भइरहको भन्दै त्यसो नगर्न प्रतिपक्षलाई आग्रह समेत गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.