राष्ट्रपति भण्डारी पशुपतिनाथमा 

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पशुपतिनाथ मन्दिर पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् । 

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । 

महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.