संसद भवन अगाडि शंकास्पद वस्तु राख्ने एक युवक पक्राउ

काठमाडौं । संसद भवन अगाडि बम राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षका सुवास महत रहेका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

पक्राउ पर्ने युवक नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको दाबी प्रहरीले गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.