
काठमाडौं । बिहीबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।
बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सरकारले सबैखालका ल्होसारमा बिदा दिँदै आएको छ ।
