काठमाडाैं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।
मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब माथिको सेयर कारोबार भएको थियो । तर बुधबार भने कारोबार रकम २ अर्ब ५७ करोडमा रोकिएको छ ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, गरिमा विकास बैंक, अपी पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा हिमालयन डिस्टिलरी लगायतका कम्पनी रहेका छन् ।