एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए । महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले  बताए । ‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं,' उनले भने 

गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक(पटक सरेको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.