डा. नारायण खड्का परराष्ट्रमन्त्री पक्का

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्ती गर्ने तयारी थालेका छन् । सत्तारुढ गठबन्धनको बैठकले खड्काको नाममा सहमति जनाएपछि उनलाई मन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

प्रधानमन्त्री देउवाले आफ्नै पार्टीमा भने सो वारेमा कुनै जानकारी नै नदिएको भन्दै कांग्रेस भित्रै त्यसको विरोध भएको छ ।

तर प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएको कारण देखाउँदै तत्काल परराष्ट्रमन्त्री नियुक्ती गर्नुपर्ने बताएका छन् ।

खड्कालाई भोली(असोज ६ गते) नै शपथ गराउने तयारी समेत भएको बताइएको छ ।

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.