कांग्रेस बैठक : माओवादीसँग एकता गरे कांग्रेस निल हुन्छ 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक काठमाडौंमा जारी छ । बैठकमा प्रदेशस्तरीय रिपोर्टिङ सकिए लगतै छलफल शुरु भएको छ । पदेन सदस्यको रुपमा रहेका प्रदेश अध्यक्षहरुले कांग्रेसले आगामी निर्वाचनमा कोहीसँग पनि चुनावी तालमेल गर्न नहुने बताएका छन् । 

केही अध्यक्षहरुले स्थानीय तहको आवश्यकता अनुसार मात्रै उपयुक्त दलहरुसँग सहकार्य गनुपर्ने माग गरेका छन् । केन्द्रबाट चुनावी तलमेल गर्ने र त्यसलाई कार्यनवयन गर्न खोजे कांग्रेसको अस्तित्व समाप्त हुने बताएका छन् ।

केही केन्द्रीय सदस्यहरुले भने चुनावी एकता गनुपर्ने कारण के हो ? गर्दा फाईदा के ? र नगर्दा बेफाईदा के ? भन्ने प्रशनमा रहेर पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् । माओवादीसँग कुनै पनि हालतमा एकता गर्न नहुने मत कांग्रेसमा बढि छ । कांग्रेसले माओवादीसँग तालमेल गर्ने कतिपय ठाउँमा कांग्रेस निल हुने खतरा रहेको उनीहरुको निश्कर्ष थियो ।

केन्द्रीय समिति बैठकले भने प्रदेश अध्यक्षहरुको रिपोर्टिङलाई आधार मानेर बैठकमा छलफल हुनुपर्ने बताएका छन् । कर्णालीका अधिकांश ठाउँमा कांग्रेस निल हुने गरि माओवादीसँग एकता गर्नु फाईदाजनक नभएको केन्द्रीय सदस्यहरुको मत रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.