पीएनजीसँग नेपाल ६ रनले पराजित

काठमाडौं ।  नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि नेपाल पपुवाविरुद्धको एक दिवसीय क्रिकेटमा पराजित भएको हो । पीएनजीसँग नेपालको यो पहिलो हार हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन ।

पीएनजीविरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन । ओपानर अनिल साह आठौं ओभरका व्यक्तिगत ६ रन बनाएर आउट भए ।

एकछेउका ब्याटर धमाधम आउट भए पनि अर्को छेउमा टिकेर खेलेका रोहित ४६ औं ओभरमा १२६ रन बनाएर आउट भए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्का हानेका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो

© 2021 Quicknepal.com  |  All Rights Reserved.