परराष्ट्रमन्त्री खड्काको शपथ केही बेरमा, आजै अमेरिका प्रस्थान

काठमाडौं । मंगलवार सत्ता गठबन्धनको बैठकबाट परराष्ट्रमन्त्रीमा नाम टुङ्गो लागेका डा. नारायण खड्काको शपथ केही बेरमा हुने भएको छ । त्यस लगतै उनी परराष्ट्र मन्त्रालयमा पदभार गरि आजै अमेरिका प्रस्थान गर्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रीको रुपमा उनी आजै सहभागी हुन अमेरिका जान लागेका हुन् । गठबन्धनले डा. खड्कालाई मन्त्री बनाउने सहमति गर्दा कांग्रेस भित्रै भने चर्को आलोचना भएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एकलौटी रुपमा सरकार विस्तार गर्न खोजेको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ । खड्काको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालय बालुवाटारमा भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.