काठमाडौँ –हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ। दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ एस्काभेटरको खरिदमा ३ लाख रुपैयाँ नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ।दसैंतिहारकोे समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गर्ने जनाएको छ। यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको कम्पनी बताएको छ।
हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको कम्पनीको दावी छ। यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो बकेट, कतिपय मोडेलहरुमा वातानुकूलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधा पनि उपलब्ध गराउँदै आएको छ।
हुन्डाइ बलियो तथा टिकाउ रहनुका साथै उच्चतम भारबहन क्षमता, न्यून सञ्चालन खर्च लाग्ने हुन्डाइ हेभी उपकरणका विशेषता रहेको कम्पनीले बताएको छ।कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री–वितरण गर्दै आइरहेको छ।