सुनको मूल्य बढ्दो क्रममा

काठमाडौँ – सुनको मूल्य आजपनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार सात सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोला २५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.