काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खड्काले सो पदको शपथ ग्रहण गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । खड्का आजै अमेरिका जाने तयारीमा छन् । यस अघि उनी परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।
मंगलबार सत्तारुढ गठबन्धनको बैठकबाट परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसको भागमा भनी यकिन भएसँगै देउवाले खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्ममेवारी दिएका हुन् । यसका अलावा सो बैठकबाट कांग्रेसले पाउने अन्य मन्त्रालयको पनि टुंगो लगाएको छ । योसँगै कांग्रेसबाट दीलेन्द्र प्रसाद बडू, तेजुलाल चौधरीलगायतको नाम चर्चामा छ। तर यस्तो निर्णय नभएको सम्बन्धित पक्षले बताउँदै आएको छ ।
मन्त्रिपरिषद् विस्तारमा देउवाले आफ्नो पक्षलाई बेवास्था गरेको भन्दै पौडेल पक्ष छलफलमा जुटेको छ ।