भारतमा सक्रिया कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी

नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । संक्रमित अवस्थामै रहेकाको संख्या छ महिना यताकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो संख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सक्रिय संक्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.