चालू आवमा नेपालले ४‍.१ प्रतिशत आर्थिक वृद्धि गर्ने एडिबीको प्रक्षेपण

काठमाडौं । एसिसयाली विकास बैंकले नेपालमा चालू आर्थिक वर्ष २०७८/७९मा ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने पक्षेपण गरेको छ । बुधबार सो बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । 

कोभिड-१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारका कारण नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने एडिबीले बताएको छ । यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीले जिडिपीमा योगदान एडिबीले उल्लेख गरेको छ ।त्यसैगरी, एडिबीले पछिल्ला महिनामा निर्यातमा उल्लेख्य वृद्धि भएको तथ्यांक प्रक्षेपण गरेको छ । 

एडिबीका अनुसार खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान भएका कारण आर्थिक वृद्धिमा सघाउ पुग्नेछ । एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.