काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेड्रोससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने भएको हो ।
विशेषगरी कोभिडले नेपालमा पारेको प्रभाव र नियन्त्रण गर्न खेलेको भूमिकाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार टेड्रोस तीन दिनसम्म नेपाल रहने छन् ।