‘ब्याक टु लाइफ’ अन्तर्राष्ट्रिय संस्थाले एक करोडको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताललाई ‘ब्याक टु लाइफ’ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब एक करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पतालका निर्देशक प्राडा डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलले सामग्री हस्तान्तरण गरेका थिए । संस्थाले एनेस्थेसिया मेसिन एक थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डिआर एक्स रे डिटेक्टर सिस्टम एक सेट, डेन्टल एक्स रे मेशिन एक सेट हस्तान्तरण गरेको बताएको छ ।

‘ब्याक टु लाइफ’ जर्मन आइएनजीओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशका मुगु र बागमतीका केही जिल्लामा समेत स्वास्थ्य सहयोगको काम गर्दै आएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.