ताप्लेजुङको कोभिड–१९ अस्पताल खाली

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित अस्थायी कोभिड–१९ अस्पताल खाली भएका छन् । कोभिड–१९ को संक्रमण घट्नुको साथै संक्रमित उपचारका लागि अस्थायी अस्पताल आउन छाडेपछि खाली भएका हुन् ।

पछिल्लो समय जिल्लामा संक्रममण अवस्था सामान्य हुँदै गएको र उपचार सेवा लिनलाई संक्रमित आउन छोडेपछि अहिले कोभिड अस्पताल खाली भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका पाण्डेका अनुसार ताप्लेजुङमा कोभिड अस्पतालमै रहेर उपचार गर्नुपर्ने प्रकृतिका कोही पनि संक्रमित छैनन् ।

उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाका संक्रमितसमेत नभएका जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका अनुसार उपचार सेवा लिने संक्रमित आएमा भने कोभिड अस्पतालबाट सेवा प्रवाह हुने छ ।

हाल जिल्लामा सक्रिय संक्रमित ७१ जना रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसमध्ये ७० जना होमआइसोलेसनमा र एक जना स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताउका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.