लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं । शहर केन्द्रित भएको चलचित्र कहोत्सबहरुको बिचमा अर्को एउटा फरक महोत्सब विकट गाउँमा शुरु भएको छ । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको हो । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सव औपचारिक शुरु भएको छ । 

गाउँको पर्यटन प्रवद्र्धन र गाउँमा पनि नेपाली चलचित्र हेर्न सघाऊ पुराउने हेतुले आयोजना भएको महोत्सब ग्रामिण भेगमा लक्षित रहेको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले  गाउँको पर्यटन प्रवद्र्धन हुने बताए । 

महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमसँगै राज सागरको टिमले नेपाली चलचित्रका गीतमा प्रस्तुती दिएका थिए । महोत्सवमा गुरुङ चलचित्र ‘फुङ’बाट चलचित्रको प्रदर्शनी सुरु गरिएको थियो । त्यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धि अन्तक्र्रिया समेत गरिएको छ ।


बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका छन् । जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गर्दै महोत्सव सकिनेछ । 


नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.