भेनेजुएलालाई अमेरिकाको ३३ करोड ६० लाख अमेरिकी डलर सहयोग

एजेन्सी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका जनतालाई ३३ करोड ६० लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार २४ करोड ७० लाख डलर मानवीय सहायतास्वरुप ८ करोड ९० लाख डलर आर्थिक तथा विकास सहायतास्वरु प्रदान गर्न लागको हो ।

उक्त सहयोग राशिले ७० लाख अत्यावश्यक सहयोगको पर्खाइमा रहेका भेनेजुएलाभित्रका जनता र देशबाहिर शरणार्थी जीवन बिताइरहेका भेनेजुएलीलाई मद्दत मिल्ने  अमेरिकाको भनाइ छ ।

झण्डै ५७ लाख भेनेजुएलीहरु १७ देशमा शरणार्थी जीवन बिताइरहेका छन्। उनीहरुलाई आश्रय दिने यस क्षेत्रका देशहरुले अमेरिकी सहयोगको सह्राहना गरेको रोयटर्सले जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.