जुम्लामा एमाले टुंगो लगायो पालिका प्रमुख/उपप्रमुख

जुम्ला ।  नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुखर उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। चन्दननाथ नगरपालिकाको प्रमुखका लागि धर्मेन्द्र रोकाया र उपमेयरमा मेनका रेग्मीलाई उम्मेदवार बनाएको एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए । 

एमालेले सबै स्थानीय तहको प्रमुखर उपप्रमुखको उम्मेदवार टुंगो लागेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि मनोनयन दर्ता गर्ने उनले बताए । 

एमालेले पातारासी गाउँपालिका अध्यक्ष सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारालाई उम्मेदवार बनाउने भएको छ । गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाई, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरती शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बुढा ९रावत० उम्मेदवार हुने तय भएको एमालेले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.