काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निस्कासित हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आज (शुक्रबार) १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने अन्तिम समय रहेकाे छ ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
