काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।
काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आएका थिए ।