धादिङ । सत्ता गठबन्धनका दलहरुले गरेको सहमति लागु हुन नसक्दा धादिङको ज्वालमुखी गाउँपालिकामा यो स्थानीय तहको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका दलहरुले ११ गते गरेकाे सहमति लागु हुन नसक्दा यस्ताे हुने देखिएकाे हाे । सत्ता गठबन्धन धादिङकाे सहमती अनुसार कांग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने भएका छन् ।
०७४ सालकाे निर्वाचनमा कांग्रेसका विनोद तिमल्सिनाले अध्यक्षमा एमालेका राम प्रसाद अधिकारीलाई २४ भोटले हराएका थिए । विजयी कांग्रेस-माओवादीका साझा उम्मेदवार विनोद तिमल्सिनाले ५९५४ मत ल्याएका थिए भने एमालेका राम प्रसाद अधिकारीले ५९३० मत ल्याएका थिए । कांग्रेस माओवादी गठबन्धन साझा उप प्रमुखका उम्मेदवार विष्णु कुमार श्रेष्ठ ४८९४ मत ल्याउँदा एमाले उम्मेदवार जानुका सिंखडाले ५७७९ मतले विजयी भएकी थिईन् ।
यो पटक धादिङ गठबन्धनले अहिले सम्म टुङ्गो लगाउन सकेकाे छैन । एमाले विभाजन सँगै एकीकृत समाजवादी पनि चुनावी मैदानमा छ । कांग्रेस र एमाले गठबन्धन गर्दा पनि समेत उपाध्यक्ष नपाएकाे कांग्रेस माओवादी र विभाजित एमाले र एकीकृत समाजवाद कुनै पनि दल आफूले जित्नेमा पूर्णरुपमा विश्वस्त रहेकाे देखिँदैन ।
यस पटककाे निर्वाचनमा कांग्रेसले यमनाथ दनै, एमालेबाट हरिराम लोहनी, माओवादी केन्द्रबाट हरिबहादुर दनै, नेकपा एकीकृत समाजवादीबाट सुनिता सिंखडा र राप्रपाबाट टकबहादुर अधिकारीले ज्वालामुखी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै कयौं बर्ष सम्म अन्य राजनैतिक पार्टीले नेतृत्व गरेको धदिङ्ग ज्वलामुखी गाउँपालिका र प्रत्यक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले यो स्थनिय चुनावमा निम्न अनुसारकाे उम्मेद्वारी मनोनय दर्ता गरेको छ ।
गाउँपालिका अध्यक्ष- टंकबहादुर अधिकारी,
गाउँपालिका उपाध्यक्ष- सबिता राना मगर
वार्ड नं-१ अध्यक्ष - देब बहादुर ढकुरी
वार्ड नं-२ अध्यक्ष - रबिन्द्र साह
वार्ड नं-३ अध्यक्ष - कर्चु तामङ
वार्ड नं-४ अध्यक्ष - तार्केल तामाङ
वार्ड नं-५ अध्यक्ष - लक्ष्मण तामङ
वार्ड नं- ६ अध्यक्ष - हरि साक्य
वार्ड नं- ७ अध्यक्ष - दया लक्ष्मि लोहनी