ककनीमा एमालेलाई इतिहास रच्ने अवसर, अधिकारीका प्रतिस्पर्धी कमजोर

नुवाकोट । २०४६ सालपछी नेकपा एमालेले सत्ता प्राप्त गर्न नसकेको ककनीमा यस पटक भने नेकपा एमालेले जित सुनिश्चितता गर्ने आधारहरु तय भएको छ । २०४६ पछी २०५१ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेले तत्कालिन ककनी गाविसमा हार ब्यहोर्नु परेको थियो ।  त्यसयता हालसम्म ककनीमा एमालेले सत्ता सम्हालेको छैन 

त्यतिबेलाको विरता भत्काउँदै  ककनीमा एमालेले इतिहास रच्ने तयारी गरेको हो ।  नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार काशिराज अधिकारी र उपाध्यक्षका उम्मेद्वार लजिता लामा(सुनिता) मतदातासँग परिचयात्मक कार्यक्रममा घरदैलोमा पुग्दा स्थानीय  खुशीका साथ सामेल भएको र शुभकामना  प्रदान गर्ने गरेको ककनी निर्वाचन परिचालन कमिटीका संयोजक  राजु लामाले बताए  ।  

नेकपा एमाले माथि आशा र भरोसा गर्दै ककनी गाउँपालिकामा सयौंको संख्यामा एमाले प्रबेश गर्नेको लहर चलेको कमिटीका सचिव समीर बलामीले बताए । सुन्दर पर्यटकीय समृद्ध ककनीको नारा बोकेको एमालेप्रती स्थानीय समुदायको  आकर्षणले नेकपा एमालेको जितको औपचारिकता मात्रै  बाँकी भएको स्थानीय अशोक लामाले बताए । 

C05B7D31-1E62-4E10-B398-7167E25DBF99.jpeg

२०५४ सालमा तत्कालिन थानसिङ गाविसबाट गाविस अध्यक्ष जितेका अध्यक्षका उम्मेद्वार अधिकारी  ककनीमा लोकप्रिय नेता हुन ।  डिग्री पास गरेका अधिकारी ककनीमा औधी रुचाइएको नाम हो । नेकपा एमाले नुवाकोट जिल्ला उप-सचिव समेत  रहेका उनले ककनीलाई समृद्ध ककनी बनाउन कृषि, स्थानीय उत्पादन, पर्यटन र पूर्वाधारलाई जोड दिनेगरी योजना रहेको बताएका छन्  ।  

आफुले जितेको कार्यकाल भित्र ककनीमा समृद्ध ककनीको आधार तय गर्ने प्रतिवद्वता गरेका उनलाई ककनीवासीले स्वतस्फुर्ट रुपमा वडा वडामा स्वागत गरेका छन् । बिभिन्न पार्टी पारीत्याग गरी नेकपा एमाले प्रबेश गरेका युवाहरुले ककनीमा इतिहास रची छाड्ने तयारीका साथ एमाले प्रबेश गरेको  स्थानीय  हरी बजगाईले बताएका  छन्  ।

गठबन्धनको सहमतिको नाममा अन्तिम समयसम्म उम्मेद्बारी टुंगाउन नसकेको कांग्रेस माओवादीले आफ्नो उम्मेद्वारसमेत प्रतिस्पर्धाको आधारमा टुंगाउँदा किचलो शुरु भएको थियो । जसको प्रत्यक्ष फाईदा नेकपा एमालेलाई भएको छ ।  संगठनलाई बलियो रुपमा स्थापित गरेको एमालेले ककनीमा झन्डै १५ सय कार्यकर्ता आफ्नो पर्टीमा भित्राएका छन् ।  एमालेबाट अल्लगिएर गएको माधव नेपालको पार्टी नेकपा एसको प्रभाव खासै नरँहदा र सो पार्टीबाट अध्यक्ष उम्मेद्वार नहुँदा नेकपा एमालेलाई थप फाईदा भएको छ ।  

गठबन्धन दलहरुकै प्रतिस्पर्धा र पेचिल्लो असहमतिको बिचमा एमाले पहिलो शक्तीको रुपमा स्थापीत हुँदै इतिहास रच्ने अवसर एमालेमा प्रवल बढेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.