अभिनेता भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
२०७० सालमा अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकटको लागि सिफारिस भएपनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.