थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.