काठमाडौं । आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ ।
महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको जनाएकाे छ । हिजो बुधबार १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १३ सय ५ रुपैयाँ पुगेकाे छ ।